देश/प्रदेश

प्रधानमन्त्री प्रचण्ड आज दोरम्बा जाँदै

Banner

काठमाडौं, साउन ३२-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार (आज)रामेछापको दोरम्बा जाँदै छन्। दोरम्बा स्मृति दिवस र पार्टीका अरू गतिविधिमा सरिक हुन रामेछाप जान लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

‘आज दोरम्बा स्मृति दिवस पनि हो। पार्टीका अरू कार्यक्रमहरू पनि छन्,’ उनले भने। तत्कालीन सरकार र नेकपा (माओवादी)बीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो। दोस्रो युद्धविरामकै सयमा आजकै दिन, साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादी छापामारहरूको हत्या गरेको थियो।

युद्धविराम उल्लंघन गर्दै तल्कालीन जिल्ला जनसरकार प्रमुख बाबुराम लामासहित २१ जना कार्यकर्ता मारिएको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>