राजनीति
आयोग बन्न नदिएर क्विन्टल सुन ६१ केजीमा झारेको ओलीको आरोप
०

काठमाण्डौँ, साउन ३१-
एमाले अध्यक्ष केपी शर्मा ओलीले बरामद भएको सुन गायब पार्दै लैजान खोजेको आशंका गरेका छ्न् । सिनामंगलमा बरामद सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्यो भन्दै ओलीले प्रश्न गरेका छन् । उच्चस्तरीय छानबिन आयोग नबनाउनुको मक्सद यही रहेको उनले बताए ।
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको वर्तमान आर्थिक अवस्था, समस्या र समाधानु विषयक छलफललाई सम्बोधन गर्दै ओलीले आयोग बन्न नदिँदा एक सय केजी सुन ६१ केजीमा झारेको आरोप लगाए । त्यसैले आयोग बन्न नदिएको उनले बताए ।
एमालेले आयोग गठनको माग गर्दै आएको छ । यो माग्र पूरा नहुँदा एमालेले संसद अवरुद्ध गरिरहेको छ । अध्यक्ष ओलीले अहिले एयरपोर्टबाट दैनिक सुन बगिरहेको दाबी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























