राजनीति
सुन प्रकरणमा महरामाथि छानविन हुन्छः प्रधानमन्त्री दाहाल
०

काठमाडौँ, साउन ३०–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि सुन प्रकरणमा छानविन हुने बताएका छन् ।
उनले विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन प्रकरणमा जोडिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महरामाथि अभियोजन अघि बढ्ने बताएका हुन् । महरा र उनका छोरा राहुलको कनेक्सन देखिँदा पनि प्रहरीले उनीहरुलाई सामान्य सोधपुछसमेत गरेको छैन ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा महराका बाबुछोराको पटक(पटक फोन सम्पर्क भएको देखिएको छ । प्रहरीको प्रतिवेदनमा उक्त कुरा उल्लेख भए पनि महरालाई मुद्दा चलाइएन । यो विषय बाहिर सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालमाथि व्यापक दबाब छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























