देश/प्रदेश

प्रधानमन्त्री प्रचण्ड भदौ ३० मा अमेरिका जाने, उतैबाट बेइजिङ पुग्ने

Banner

काठमाडौं, साउन ३०-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते अमेरिका जाने भएका छन्। बालुवाटारमा मंगलबार सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका भ्रमणबारे जानकारी दिएका हुन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क जान लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने छन्।

न्युयोर्क भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड सोझै चीन जाने कार्यक्रम तय भएको छ। उनी असोज ४ मा चीन जाने छन्।

बेइजिङमा हुँदा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय वार्ता गर्नेछन्। वार्ताका क्रममा किमाथांका र रसुवागढीबाट अन्तरदेशीय प्रसारण लाइन बनाउनेलगायत विषयमा कुरा हुने बताइएको छ।

गत पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले यसअघि नै भारत भ्रमण गरिसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>