राजनीति

सुन प्रकरणमा महरालाई गिरफ्तार गरेर हुन्छ कि बयान लिएर हुन्छ प्रतिवादी बनाएर छानबिन गर्न निर्देशन दिएको छुः प्रचण्ड

Banner

काठमाडौं,साउन ३०-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रतिवादी बनाउने तयारी भइरहेको बताएका छन् ।

बालुवाटारमा जारी प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा जानकारी गराएका हुन् ।

‘मैले सीआईबीका प्रमुख र आईजीपीलाई बोलाएर महराको नाम समावेश गर्नु गल्ती कि प्रतिवादी नबनाएर गल्ती गरेको हो रु सोधेँ, जवाफमा उनीहरूले नाम समावेश हुनु गल्ती हो भने’, प्रचण्डको प्रष्टीकरण थियो ।

आफूले महरालाई गिरफ्तार गरेर हुन्छ कि बयान लिएर हुन्छ प्रतिवादी बनाएर छानबिन गर्न निर्देशन दिएको प्रधानमन्त्रीले बताएका छन् । उनले सुन तस्करी प्रकरणमा लगातार सदन अवरोध गरेर सरकारलाई काम गर्न अप्ठ्यारो बनाएको गुनासोसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>