राजनीति
पार्टी गतिविधिबाट निष्क्रिय बसेका मणि थापासँग एमालेले सोधपुछ गर्ने
०

काठमाडौं, साउन ३०-
नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने भएको छ।
सोमबार बसेको पार्टी सचिवालयको बैठकले पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय बसेका थापासँग सोधपुछ गर्ने निर्णय गरेको हो।
‘उहाँ महाधिवेशनयता नै पार्टी काममा सक्रिय हुनुहुन्न,’ एक पदाधिकारीले भने, ‘उहाँलाई पार्टी महासचिव शंकर पोखरेलले सोधपुछ गर्नु हुने छ।’
मणि थापा पार्टी नेतृत्वसँगै असन्तुष्ट रहेपछि पार्टीको जिम्मेवारीमा बिदा जनाएर बसेका छन्। उनले फागुनमा सुरू भएको ‘मिसन ग्रासरूट’ अभियान अगाडि नै आफू बिदामा बस्न चाहेको बताएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























