राजनीति

महराबारे गृहमन्त्रीको जवाफ- फोनकै आधारमा दोषी करार गर्न मिल्दैन

Banner

काठमाडौं,साउन २९-

गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर कृष्णबहादुर महरालाई दोषी करार गर्न नसकिने बताएका छन् । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले सुन तस्करीमा महरा र उनका छोरा राहुलको पनि नाम मुछिएकोबारे जिज्ञासा राखेका थिए । जवाफमा उनले फोनलाई मात्रै आधार मानेर दोषी करार नमिल्ने बताएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । तर, बाँकी अनुसन्धान जारी रहेको श्रेष्ठले बताएका छन् ।

पूर्वसभामुखको पनि नाम जोडियो के हो ? भनेर कुरा राख्यौँ । जसमा गृहमन्त्रीले अनुसन्धानको क्रममा रहेको र फोनकै आधारमा दोषी हो भन्न नसकिने कुरा गर्नुभएको छ, पाण्डेले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>