राजनीति
भ्रमण छोट्याएर आज स्वदेश फर्किँदै माधव नेपाल

काठमाडौं, साउन २९-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज बिहान स्वदेश फर्किँदै छन्।
स्वीटजरल्याण्ड, बेलायत, क्रोयसियासहित चार देशको भ्रमणमा रहेका नेपाल कार्यक्रम छोट्यार आज स्वदेश फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको हो। नेपाल आज बिहान १० बजेर ४ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
स्विजरल्याण्डको घुमघाम सकेर उनी स्पेन पुगेका थिए। प्रवासमा बस्ने नेकपा समाजवादी समर्थकहरुको संगठन प्रवासी नेपाली एकता मञ्च, युरोपको निम्तोमा त्यहाँ पुगेका नेपाल भदौ १ गते फर्कने कार्यक्रम थियो। पूर्व निर्धारित क्रोएसिया र लण्डनको कार्यक्रम रद्ध गरिएको छ।
गृह प्रशासन र ललिता निवास प्रकरणको छानविन गरिरहेको सुरक्षा निकायले भर्चुअल माध्यमबाटै भए पनि सोधपूछको तयारी गरेको खबर बाहिरिएपछि नेता नेपाललाई थप दबाब परेको थियो।
नेता नेपालले ललिता निवासको जग्गा सम्बन्धी विवादमा आफूले कुनै बदमासी नगरेकोले बताउंदै आएका छन्।



























