राजनीति

महरालाई सुन तस्करसँगको सम्बन्ध स्पष्ट पार्न माओवादीको आग्रह

Banner

काठमाण्डौँ, साउन २८-
नेकपा माओवादी केन्द्रले ९ किलो सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई आग्रह गरेको छ ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको छ । तर उनीहरुलाई प्रहरीले सोधपुछसम्म नगरेपछि सरकारमाथि पनि प्रश्न उठेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा महराबारे कुरा उठेको एक पदाधिकारीले जानकारी दिए । सुरुमा प्राप्त प्रमाणले महराको संलग्नता नदेखेको भए पनि अहिले कल डिटेल आएकाले अब महराले यसबारे प्रष्ट पार्नुपर्ने नेताहरुको जोड छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>