राजनीति

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ: कोइराला

०
Banner

काठमाडौँ ,साउन २८—

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै दुई सातादेखि संसद् अवरुद्ध पारिरहेको छ । तर सत्ता गठबन्धन र सरकारले भने त्यस्तो छानबिन समिति बनाउन आवश्यक नरहेको दाबी गरिरहेका छन् ।

नेता कोइरालाले भने एमालेकै लाइनमा उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा धारणा राखेका छन् । त्यसबारे छलफल गर्न बसेको पार्टीको संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनिसकेको दाबी गर्दै त्यसबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति जरुरी रहेको दाबी गरे ।

‘सुन तस्करीका विषयमा हामी गम्भीर भएर सोच्नु आवश्यक छ । जो व्यक्ति प्रधानमन्त्रीको निजी सचिव थियो, उसलाई राजस्व अनुसन्धानको प्रमुख बनाएर ७ दिन अघि पठाइन्छ, ऊ जाने बित्तिकै सुन समातिएको छ, त्यसपछि त्यसको अनुसन्धान गर्न सीआईबीलाई दिन आनाकानी भएको छ,’ नेता कोइरालाले भने ।

नेपाल सुन तस्करीको अखडा पहिल्यै भइसकेको छ । यसलाई रोक्ने हो भने उच्चस्तरीय छानबिन समिति बनाएर यसको जरोसम्मै छानबिन हुनु आवश्यक छ । नेता कोइरालाले भारतमा सुनको प्रयोग र वैधानिक कारोबारको अवस्था सुनाउँदै नेपाल भएर भारतमा सुन तस्करी भइरहेको दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>