राजनीति

सामान्य प्रशासनमन्त्री मोदीलाई माओवादीले फिर्ता बोलायो

०
Banner

काठमाडौँ, साउन २८ —
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको आइतबार बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

जनमत पार्टीले यसअघि नै मन्त्रीको नाम सिफारिस गरिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलगायतका कारणले शपथ हुन सकेको थिएन । माओवादी पदाधिकारीको बैठकले सरकारमा रहेर राम्रो काम गर्दागर्दै पनि यसअघिको सहमतिका कारण एक मन्त्रालय जनमतका लागि छोड्नुपरेको पुनले बताए । जनमतले अनिता देवीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।

मन्त्री मोदीले प्रधानमन्त्री दाहाल र पार्टीको निर्णय स्वीकार रहेको बैठकमा बताएका थिए । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारका कामका बारेमा छलफल भएको पुनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>