राजनीति

सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै दिन टिक्दैनः शेखर कोइराला

०
Banner

काठमाडौं, साउन २७-
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन्।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यक्ता रहेको तर्क गरे। उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको ‍औंल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारूढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए।
नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्नसके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि दोहोर्‍याए।

उनले पार्टीको भातृ संस्थाहरू तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>