राजनीति
मन्त्रिपरिषद् पुनर्गठनको तयारी प्रचण्ड, जनमत पार्टी सरकारमा जाने
०

काठमाडौं, साउन २६-
नेपाल सरकारले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।
प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । तर प्रचण्ड चितवन आएका छन् । उनी दुई दिन गृह जिल्ला चितवनमा नै बिताउनेछन् ।
तर जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै उनको नाम सिफारिस गरेको थियो । जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले पनि भोलि वा पर्सिसम्म सरकारमा जाने सम्भावना रहेको स्वीकार गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























