राजनीति
सरकारको विरुद्ध अब कोही बोले सुनिल शर्मा बनाइदिन्छन्ः ओली

काठमाडौं, साउन २६-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा आफूहरुले सत्यतथ्य बोल्छ भनेर सदनमा सत्ता पक्षले बोल्न नदिएको आरोप लगाएका छन् ।
पुस्तक लोकार्पण कार्यक्रममलाई सम्बोधन गर्दै उनले भने, ‘सुन प्रकरणमा प्रतिपक्षले सत्य बोल्छ भनेर सदनमा बोल्न दिँदैन । उठेर विरोध गरिहाल्छ । यसको जरासम्म पुग्नुपर्छ । यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो । भारतले गम्भीर ढंगले प्रश्न गरिरहेको छ । अर्थतन्त्र यस्तो भइसक्यो । गर्ने गराउने आफूहरु, अनि कसैलाई छाड्दिनँ भनेर फाइफुइ गर्ने ।’ उनले सुनिल शर्मालाई पक्राउ गरेकोप्रति सरकारको आलोचना गरे ।
ओलीले भने, ‘सुनिल शर्माले दुई दिनमा नक्कली प्रमाणपत्र बनाएको हो? गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्नेबित्तिकै हतकडी । दुई दिन बोलेपछि किन पक्राउ गर्नुपर्ने? अब कोही बोले त, सुनिल शर्मा बनाइदिन्छन् ।



























