राजनीति

आज कांग्रेस संसदीय दलको बैठक बस्ने

०
Banner

काठमाडौं, साउन २६-

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवन लोत्से हलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई अगाडि बढाउने, नयाँ विधेयक प्रस्तुत गर्ने लगायतमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार र पशुपक्षीमा लाग्ने लम्की रोगको उपचार बारेमा सरकारको ध्यानाकर्षण गराउने प्रमुख सचेतक लेखकले बताए।

बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल गर्न बिहीबार दिउँसो कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बसेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>