राजनीति

आगामी निर्वाचनमा विदेश बस्ने नेपाली निर्णायक हुने देखियो: वर्षमान पुन

Banner

काठमाडौँ, साउन २४-

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली निर्णायक हुने बताएका छन् । प्रविधिको उच्चतम विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण नै बदल्न सक्ने अवस्थामा पुगेको उनले बताए ।

माओवादी केन्द्रको विशेष प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी सम्हाल्ने क्रममा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार पुनले नागरिकका घरघरमा गएर राजनीतिक दलले संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन लागेको बताएका हुन् ।

‘आजको युग प्रविधिको युग हो । पहिला जसरी नेता र कार्यकर्ता घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ,’ उनले भने, ‘प्रविधिका कारण अबका निर्वाचनमा देशभित्रका भन्दा विभिन्न शिलशिलामा देशबाहिर रहेका नेपाली निर्णायक हुनेजस्तो देखिएको छ ।’ राजनीतिक दलको वैचारिक बहसको थलो पनि विदेशमा रहेका नेपालीबीच हुन लागेको उनको भनाइ थियो ।

पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्ताले आफ्ना एजेन्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्नुपर्ने भन्दै पुनले निर्देशन दिएका थिए । हरेक घरमा डिजिटल बहस हुने गरेको भन्दै एकै घरमा पनि फरकफरक विचारका मानिस हुन थालेको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>