राजनीति

नेविसंघका दुई समूहबीच सानेपामा नाराबाजी, प्रहरी परिचालन

Banner

काठमाडौं, साउन २४-

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई समूहबीच नाराबाजी भएको छ। दुजाङ शेर्पा नेतृत्वको नेविसंघ संस्थापन पक्ष र नेविस‌ंघ असन्तुष्ट पक्षबीच बुधबार दिउँसो नाराबाजी भएको हो।

सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी नेविसंघ ७१० सदस्यीय मनोनीत गरेका थिए। असन्तुष्ट पक्षले सानेपामा बुधबार समानान्तर समिति गठन गर्न विद्यार्थी भेला गरेपछि दुई समूहले नाराबाजी गरेका हुन्।

कांग्रेस कार्यालय सानेपामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। समानान्तर समिति घोषणा गर्ने तयारी गरेकाहरूलाई प्रहरीले पार्टी कार्यालय प्रवेश गर्न दिएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>