राजनीति

गौर हत्याकाण्डको विषयमा शेरबहादुर देउवा र उपेन्द्र यादवबीच टेलिफोन संवाद

०
Banner

काठमाडौं,साउन २४-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसाप)का अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोन संवाद भएको छ । उच्च स्रोतका अनुसार दुई नेताबीच गौरहत्याकाण्डको विषयमा कुराकानी भएको छ ।

बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ । यो सहमति लगत्तै जसपाका अधयक्ष यादवले कांग्रेस सभापति देउवालाई टेलिफोन गरेका हुन् ।

जसपा अध्यक्ष यादवले सरकारको सहमतिबारे कांग्रेस सभापति जानकार रहेको वा नरहेको विषयमा चासो राखेको नेताहरु बताउँछन् । ‘यो विषयमा अध्यक्ष ज्युले चासो राख्नु स्वभाविक हो’ जसपाकै एक नेताले भने ।

यो विषयमा जसपामा नेताहरु आन्तरिक छलफलमा समेत जुटेका छन् । जसपाका कार्यकारिणी समितिका सदस्यहरुले बुधबार यस विषयमा अनौपचारिक छलफल गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>