नवलपरासी

विश्व आदिवासी जनजाति दिवसको अवसरमा नवलपुरमा सार्वजनिक बिदा

Banner

नवलपुर, साउन २४-

विश्व आदिवासी जनजाति दिवसलाई लक्षित गर्दै आज पूर्वी नवलपरासीमा सार्वजनिक बिदा दिइएको छ ।

नवलपुरका आठ वटै पालिकाले सार्वजनिक सूचनामार्फत २९ औँ विश्व आदिवासी दिवसका लागि पालिकाभित्रका सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संस्थानमा बिदा दिएको हो ।

नवलपुरको कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका, गैँडाकोट नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>