राजनीति

उच्च अदालतले भन्यो– बालेनलाई फिल्म प्रदर्शनमा रोक लगाउने अधिकार छैन

Banner

काठमाडौं,असार १२

उच्च अदालत पाटनले काठमाडौं महागरपालिकाका मेयर बालेन शाहलाई फिल्म प्रदर्शनमा रोक लगाउने कानुनी अधिकार नरहेको बताएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र नारायण प्रसाद पौडेलले नेपाल चलचित्र संघले दायर गरेको रिटमा मंगलबार अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतले मेयर शाहलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सहित प्रचलित कानुनले फिल्म प्रदर्शनमा रोक लगाउन सक्ने अधिकार प्रदान नगरेको बताएको छ ।

भारतीय फिल्म आदिपुरुषुमा समावेश भएको आपत्तिजनक शब्दको विषयलाई लिएर उक्त फिल्म निर्माता बाहेकका अन्य फिल्म निर्माताहरूबाट निर्मित अनुमति प्राप्त भारतीय फिल्म प्रदर्शनमा समेत रोक लगाउन सक्ने गरी काठमाडौं महानगरपालिका तथा सोका प्रमुखलाई स्थानीय सरकार संचालन ऐन, २०७४ लगायत प्रचलित कानुनले अधिकार प्रदान गरेको नदेखिँदा प्रस्तुत निवेदनको टुंगो नलागेसम्म अनुमति प्राप्त फिल्म प्रदर्शनमा रोक लगाउने कार्य नगर्नू/नगराउनू, अदालतको अन्तरिम आदेशमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>