Breaking News
एनपीएलः आज दुई खेल हुने तालिका, वर्षाका कारण दुवै खेल अवरुद्ध हुने निश्चित

काठमाडौं, कार्तिक १४–
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुने तालिका छ । तर लगातारको वर्षाका कारण आज खेल हुने सम्भावना लगभग सकिएको छ ।
क्रिवि अर्न्तराष्ट्रिय त्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रोमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्नेछन् । तर दुई दिनको वर्षाले मैदान पुरै जलमग्न छ भने प्याराफिट तर्फबाट पानीको भेल बगेको छ । त्यसले गर्दा आजको दुवै खेल नहुने लगभग निश्चित जस्तै छ भने भोलिको खेल पनि प्रभावित हुन सक्ने संभावना देखिन्छ ।
दोस्रो खेल खेल्न लागेको लुम्बिनी र चितवनले पहिलो खेल जितेका थिए । दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।
एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।
हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।
























