चितवन विशेष

शुल्क वृद्धि खारेज गर्न माग गर्दै अखिल (क्रान्तिकारी) चितवनद्वारा आन्दोलन घोषणा

०
Banner

चितवन, कार्तिक १४–

अखिल (क्रान्तिकारी), जिल्ला समिति, चितवनले भरतपुर महानगरपालिकाको शुल्क वृद्धिसम्बन्धी निर्णय खारेज गर्न माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

संगठनले कार्तिक १० गते भरतपुर महानगरपालिकालाई ७२ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो। निर्धारित समयभित्र आफ्ना माग सम्बोधन नभएपछि शान्तिपूर्ण आन्दोलनको प्रथम चरणका कार्यक्रम सार्वजनिक गरिएको संगठनले जनाएको छ। शुल्क वृद्धि खारेज गरी विद्यार्थी तथा अभिभावकका माग सम्बोधन गर्नुपर्ने मागप्रति ऐक्यबद्धता जनाउने भरतपुरका क्रियाशील राजनीतिक दलहरूप्रति संगठनले आभारसमेत व्यक्त गरेको छ।

घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत विरोधसभा तथा कोणसभा, विद्यार्थी–अभिभावक–शिक्षाविद् अन्तरक्रिया कार्यक्रम र विद्यार्थी धर्ना रहेका छन्। संगठनले उक्त कार्यक्रममार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै शुल्क वृद्धिको निर्णय खारेज गर्न र विद्यार्थी तथा अभिभावकका माग तत्काल सम्बोधन गर्न आग्रह गरेको छ। प्रथम चरणका कार्यक्रमपछि पनि माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ।
आन्दोलनका कार्यक्रम शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठनले उत्पन्न हुन सक्ने परिस्थितिप्रति सम्बन्धित निकायलाई गम्भीर बन्न आग्रह गरेको छ।

अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष सुशिल कार्की ‘अब्दुल’द्वारा जारी प्रेस विज्ञप्तिमा विद्यार्थीको शैक्षिक अधिकार सुनिश्चित गर्न र शुल्क वृद्धिको निर्णय खारेज गर्न जोडदार माग गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>