राजनीति
राष्ट्रिय भेला सकिएलगत्तै एमाले केन्द्रिय कमिटी बैठक शुरु
०

काठमाडौं, मंसिर ३ –
नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बिहीवार काठमाडौंस्थित एक होटलमा बैठक शुरु भएको हो ।
राष्ट्रिय भेला सम्पन्न भएलगत्तै एमालेले केन्द्रिय कमिटी बैठक बोलाएको हो । बैठकमा राष्ट्रिय भेलामा उठेका विषय, पार्टीका आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ । राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रिय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























