राजनीति

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

Banner

काठमाडौं,असार १२-

सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका न्यायाधीश तील प्रसाद श्रेष्ठको एकल इजलासले मेयर शाहसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो।

हिन्दी चलचित्र प्रदर्शन गर्न दिनू भनि उच्च अदालतको आदेशपछि त्यसविरुद्ध बालेनले अभिव्यक्ति दिएका थिए। उनले अदालतको आदेश नमान्ने र हिन्दी सिनेमा चल्न नदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका थिए।

उनको अभिव्यक्ति अदालतको आदेश विपरीत थियो। अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा न्यायाधीश श्रेष्ठको एकल इजलासले मंगलबार बालेन शाहसँग लिखित जवाफ माग गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>