राजनीति

बजेट पारित गर्न माओवादी केन्द्रले लगायो ह्विप

Banner

काठमाडौं, असार १२-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संघीय संसदीय दलले बजेटको पक्षमा मत हाल्न ह्विप (निर्देशन) लगाएको छ। मंगलबार प्रत्येक सांसदहरूलाई निर्देशन दिँदै बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिएको हो।

संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले निर्देशन जारी गरेका छन्।

‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ.व. २०८०र०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ। त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वर्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्वीप) जारी गरिएको व्यहोरा अनुरोध छ,’ पाण्डेले हस्ताक्षर गरेको ह्विपको पत्रमा भनिएको छ।

बजेट भोलि पारित गर्ने कार्यसूची रहेको छ। बजेटप्रति सत्तारूढ दलका सांसदमात्र होइन मन्त्री नै रूष्ट छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>