राजनीति
असार २३ गते बस्ने भनिएको माओवादी बैठक साउन १७ गतेलाई सर्यो
०

काठमाडौं,असार १२-
नेकपा माओवादी केन्द्रको असार २३ गतेदेखि बस्ने भनिएको केन्द्रीय कार्य समिति बैठक सरेको छ । बैठक साउन १७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बस्ने माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।
सबै प्रदेशहरुमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको हिसाब फर्छौट गर्नुपर्ने कारणले बैठक सारिएको उनले स्पष्ट पारेका छन् ।
बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने माओवादीले जनाएको छ । बैठकमा मसामयिक विषय र विचार मिल्नेसँग पार्टी एकता गर्ने विषयमा पनि छलफल गर्ने माओवादीको तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























