राजनीति

लोकतन्त्रमाथिको हमला स्वीकार्य छैन, सदन चल्न सक्दैन,अर्थमन्त्रीज्यूलाई यस विषयमा स्पष्ट पार्न रुलिङ होस्ः रवि

Banner

काठमाडौं,असार १२-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध खारेज नभए सदन चल्न नसक्ने चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘लोकतन्त्रमाथिको हमला स्वीकार्य छैन। सदन चल्न सक्दैन। अर्थमन्त्रीज्यूलाई यस विषयमा स्पष्ट पार्न रुलिङ होस्। हामी सदनलाई गरिमामय ढंगबाट अगाडि बढाउन तयार छौँ।’

उनले जिल्ला निर्वाचन कार्यालय नै खारेज गर्ने विषयमा अर्थमन्त्रीको गोलमटोल जवाफ स्वीकार्य नभएको पनि बताए।

उनले भने, ‘सत्तापक्षकै सांसदहरूले ठिक छैन भनिराख्नुभएको छ। तर, उहाँहरूलाई पास गर्नुपर्ने बाध्यता छ। उहाँहरूको बाध्यताको शिकार यो देशको लोकतन्त्र चढ्दैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>