राजनीति

सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ: पदम गिरी

Banner

काठमाडौं, असार १२-

नेकपा एमालेले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएको छ । सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा इकाइका रुपमा राख्ने उल्लेख गरिएको छ ।

यसलाई लिएर मंगलबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरुद्ध गरेका छन् ।
त्यसक्रममा एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘यो सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ । नियोजित ढंगले आउने निर्वाचन प्रभावित पार्ने उद्देश्य यसभित्र अन्तरनिहीत छ ।’
यसबारे सरकारले जवाफ दिनुपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>