राजनीति

राप्रपाले स्थानीय तहमा केन्द्रीय नेता खटाउने

Banner

काठमाडौं, असार १२-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहहरूमा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले ‘नवीन राप्रपा’ का कार्यक्रम अनुमोदनसमेत गरिसकेको छ।

पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई भूगोल केन्द्रित स्थानीय तहको जिम्मेवारी निर्धारण गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

‘सात सय ५३ वटै स्थानीय तहमा केन्द्रीय नेतालाई खटाउने निर्णय भएको छ,’ उनले भने। सातै प्रदेशमा प्रदेश संयोजक व्यवस्था गर्ने तयारी पनि भइरहेको उनले जानकारी दिए।

प्रदेश संयोजकका काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरिसकिएको प्रवक्ता श्रेष्ठ बताउँछन्। प्रदेश संयोजक र भूगोल केन्द्रित नेताहरूलाई ६ महिनाका लागि जिम्मेवारी दिन लागिएको हो।

स्थानीय तहमा संगठन सुदृढीकरणलगायतका काम गर्न राप्रपाले केन्द्रीय नेतालाई पठाउन लागेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>