राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणः थप एक जना पक्राउ

Banner

काठमाडौं, असार ११-

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो

उनको खाता प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल्याइएको एसएसपी कार्कीले बताए। ‘उनको खातामा ट्रान्ज्याक्सन भएको देखिएको छ। त्यसैले उनलाई पक्राउ गरिएको हो’, उनले भने। यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका थिए। तीमध्ये २ जनाबाहेक १६ जनालाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>