देश/प्रदेश
स्याङ्जामा १० वर्षीय बालकको हत्या
०

स्याङ्जा, असार २-
धारिलो हतियार प्रहार गरी स्याङ्जामा एक बालकको हत्या गरिएको छ । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–६ सिउडबारीमा १० वर्षीय बालक हर्षित देवकोटाको हत्या गरिएको हो ।
देवकोटाको शव हिजो धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा खरबारीमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार बालकको हत्या आरोपमा सिउडबारीका २२ वर्षीय सुजन चुवाई (सुवेदी) लाई पक्राउ गरीएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























