राजनीति

सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

०
Banner

काठमाडौं, कात्तिक १८ –

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताउनुभएको छ ।

बिहीवार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । बैठकले यसअघि अतिरिक्त महानिरीक्षक (एआईजी) डा.मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक ९आईजीपी० बनाउने निर्णय गरेको छ । मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिइएको र नयाँ प्रहरी महानिरीक्षक नियुक्त भइसकेकाले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा मात्र बुझ्नुपर्ने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>