राजनीति

त्रास देखाएर पार्टीको नेतृत्व लिने सपना नदेखे हुन्छः राजेन्द्र लिङदेन

०
Banner

काठमाडौं,कात्तिक १८ –

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुन लागेको भन्दै कार्यकर्तामा त्रास सिर्जना गरेर नेतृत्व लिने सपना नदेख्न चेतावनी दिनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित राप्रपा काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टी सकियो, अब पार्टी बन्दैन र खतम भयो भन्ने भ्रम फैलाएर कार्यकर्ताको मनोबल गिराउने प्रयास नगर्न चेतावनी दिनुभएको हो । उहाँले कार्यकर्तालाई आतङ्कित बनाएर पार्टीको नेतृत्व लिन्छु र पार्टी चलाउँछु भन्ने कसैले सपना नदेखे हुने बताउनु भयो । यस्तो सोचलाई उहाँले मूर्खतापूर्ण भन्दै अहिलेका राप्रपाका कार्यकर्ता त्यस्ता भ्रमको शिकार नहुने दाबी गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>