देश/प्रदेश

चितवनमा बागमती प्रदेशको बजेट : नारायणी लिफ्टलाई पाँच करोड, आयुर्वेद स्वास्थ्य केन्द्रको भवन

Banner

चितवन, असार २–

बागमती प्रदेश सरकारले चितवनको नारायणी लिफ्ट तथा खगेरी सिचाइ आयोजना र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको लागि बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आयोजनाको मर्मत, सञ्चालन तथा व्यवस्थापनको लागि पाँच करोड ३४ लाख रुपैयाँ विनियोजन गरेको बताए ।

प्रदेश भित्रका कृषियोग्य भूमिमा भरपर्दो र दिगो सिँचाइ सुविधा पुन्याउन विभिन्न प्रविधिका सिँचाइ आयोजनाहरूको विकास एवं निर्माण कार्यको लागि बजेट छुट्याइएको उनको भनाई छ ।

त्यस्तै, प्रदेश अस्पतालहरूको भौतिक पूर्वाधार क्रमशः विस्तार गर्दै लगिने उनले बताए । उनका अनुसार आगामी वर्ष धादिङ अस्पताल, बज्रवाराही चापागाऊ अस्पताल, मेथिनकोट अस्पताल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर, चितवन र ललितपुरको भवन निर्माण कार्य सम्पन्न गरिनेछ । यसको लागि १३ करोड ५५ लाख विनियोजन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>