देश/प्रदेश
एसएसपी पाललाई महिला प्रहरीमाथी यौन दुर्व्यवहार गरेकोे भन्दै गृहले गर्यो निलम्बन
०

काठमाडौँ, असार १-
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ। महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोपमा पाललाई मन्त्रालयले निलम्बन गरेको हो । एसएसपी पाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतका अनुसार एसएसपी पाललाई निलम्बन गरिएको गृहको पत्र आज बिहान प्रहरी प्रधान कार्यालय आएको थियो । उनलाई निलम्बन गरिएको पत्र प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालयमा पठाइने डिआइजी कडायतले जानकारी दिए।
‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























