राजनीति

अर्थमा बजेट निर्माण सुरु भएपछि किन सरकारले हतारमा कर्मचारी फेर्छ ?: गोकुल बास्कोटा

Banner

काठमाडौं,जेठ २३-

नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठबन्धनको सरकारले करका दर हेरफेर गरेर गठबन्धनको सरकारले हैरान पारेको टिप्पणी गरेका छन्। उनले अर्थमा बजेट निर्माण सुरु भएपछि किन सरकारले हतारमा कर्मचारी फेर्छ? भन्दै प्रश्न गरे।

उनले फेसबुकमा लेखेका छन्, ‘कहिले मुसाले तार कट्छ कहिले कसले कागज फेरिदिन्छ। अर्थमा बजेट निर्माण सुरु भए पछि किन सरकारले हतारमा कर्मचारी फेर्छ? करका दरमा गठेले हैरान गर्ने भो।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणको बेलामा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्नता रहेको आरोप लागेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>