राजनीति
देशको हितमा काम गर्न नसक्ने प्रचण्डलाई अब काँधमा बोकेर हिँड्न सकिँदैनः कांग्रेस नेता गुरूराज
०

काठमाडौँ, जेठ २२-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँधमा बोकेर हिँड्न नसक्ने नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत नेता घिमिरेले भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो देशको हितमा कुरा गर्न नसकेकाले अब काँधमा बोकेर हिँड्न नसक्ने बताएका हुन्।
‘छिमेकी देशहरूसँग स्पष्ट रूपले आफ्नो देशको हितमा कुरा गर्न नसक्ने र आफूलाई परेका मर्का उठाउन नसक्ने नेतृत्वलाई अब काँध हालेर हिँड्न सकिँदैन। भारत भ्रमणमा नेपाल र नेपालीको शिर उच्च हुने गरि प्रधानमन्त्री र उहाँको प्रतिनिधि मण्डलले सामान्य संवाद गरेको पनि देखिएन। यो अत्यन्त खेदजनक छ,’ उनले लेखेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























