राजनीति

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विगतभन्दा अलग रह्योः माओवादी सांसद सापकोटा

Banner

काठमाडौं,जेठ २१-

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमण निरन्तरतामा क्रम भंग गर्दै सफलता मिलेको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यो भ्रमण विगतको भन्दा अलग भएको पनि दाबी गरे ।

उनले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयकको विषयलाई लिएर संसद् अवरोध गर्नु जायज नभएको बताए । संसद्मा सबै प्रक्रिया पूरा गरेर राष्ट्रपतिकहाँ पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यसमा केही गलत नभएको पनि बताए ।

“संसद् नै अवरुद्ध गर्ने, वेल घेर्नेसम्मको पोजिसन लिनु जायज होइन । संसद्मा दुई, दुई पटक छलफल चलेर यहाँका सबै प्रक्रिया पूरा गरेर राष्ट्रपति कार्यालयमा गएको, त्यसबेला विविध कारणले तत्कालिन राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएन । खालि प्रमाणीकरण गर्न बाँकी भएको कुरा गरेको न हो,” उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>