राजनीति

लम्पी स्कीन रोगका कारण किसान मारमा परेका छन्, पटक पटक भनियो, सरकार देख्दैन, सुन्दैन: एमालेका सचेतक बर्तौला

Banner

काठमाडौँ, जेठ ९- 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको पशु चौपायामा लाग्ने लम्पी स्कीन रोगका कारण किसान मारमा परे पनि सरकारले बेवास्ता गरेको बताएका छन् ।  मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गदै उनले मकवानपुरमा २ सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके पनि सरकाको ध्यान नपुगेको बताए ।

उनले भने, ‘सरकारको आँखा र कान छ भने पटक पटक सो संसदमा लम्पी स्कीन रोगका बारेमा पटक पटक माननीयज्यूहरुले कुरा राख्नुभयो, मैले पनि पटक पटक विषय राखेँ । मकवानपुरमा २ सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके । ५ हजारभन्दा बढी गाईहरू सङ्क्रमित छन् । देशका धेरै भागहरूमा यसको असर छ । पटक पटक भनियो, सरकार देख्दैन, सरकार सुन्दैन।’

उनले यो समस्या समाधानमा, पीडित गाईपालक किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>