अपराध

शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिने

Banner

काठमाडौं, जेठ ९-

नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिने भएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले दुई दिन समय थप गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले जानकारी दिए। एसपी रिजालका अनुसार पक्राउ परेका १६ जनाको उपस्थितिमा काठमाडौं जिल्ला अदालत पुगेर दुई दिन समय थपको अनुमति लिइने छ ।

यसअघि गत आइतबार जिल्ला अदालत काठमाडौं तीन दिन म्याद थप गरेको थियो। शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन भने प्रहरीले सोमबार सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि ठगी गर्ने कार्यमा ३३ जना संलग्न रहेको निष्कर्षसहित प्रहरीले सोमबार प्रतिवेदन बुझाएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>