राजनीति

गृह सचिव हुँदा पाण्डेले पीएसओलाई जम्मा गर्न लगाएका थिए एक करोड रुपैयाँ

Banner

काठमाडौं,जेठ ८-

नक्कली शरणार्थी प्रकरणमा मुछिएका टेकनारायण पाण्डेले गृहसचिव छँदा एक करोड १४ लाख रुपैयाँ आफ्नो बैंकमा डिपोजिट गर्न लगाएको खुलेको छ । उनले आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) लाई पटकपटक गरेर एक करोड रुपैयाँभन्दा बढी रकम विभिन्न बैंकको खातामा जम्मा गर्न लगाएको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले संचारकर्मीलाई बताए ।अनुुसन्धानका क्रममा प्रहरीले पाण्डेको बैंक खाता विवरण उपलब्ध गराइदिन भन्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । जवाफमा एक करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको विवरण राष्ट्र बैंकले पठाएको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असूली गरेको गिरोहलाई सहयोग पुग्ने गरी काम गरेको देखिएपछि पाण्डेलाई प्रहरीले २० वैशाखमा पक्राउ गरेको थियो । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा उनले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन नै कीर्ते गरेको भेटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>