राजनीति

ओलीलाई जवाफ दिदैँ कांग्रेस सांसदले भने- नीति तथा कार्यक्रम पुर्नलेखनको इतिहास छैन

Banner

काठमाडौं, जेठ ८-

नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम अहिलेसम्म पुर्नलेखन गर्ने प्रचलन नरहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम काम नलाग्ने रहेको भन्दै पुर्नलेखन गर्न सुझाव दिएपछि उनले यस्तो जवाफ दिएका हुन् ।

उनले भने, ‘यो नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्रीले धेरै विचार राखिसक्नुभएको छ । मैले सुने यो काम लाग्दैन पुर्नलेखन गर्नुपर्‍यो भन्ने पनि सुने । हामीले २०७४ सालपछि बनेका सरकारको नीति तथा कार्यक्रम पनि पढेका छौं । पूर्वअर्थमन्त्रीहरूले पेश गरेको बजेट पनि देखेका छौं । म स्मरण गराउन चाहन्छु तर इतिहासमा कतै पुनर्लेखन गरेको छैन ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>