देश/प्रदेश
ओलीले पुनर्लेखनको सुझाव दिएको नीति तथा कार्यक्रमलाई माधव नेपालले भने- पोजेटिभ छ
०

काठमाडौं, जेठ ८-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टाजस्तो नभएको दाबी गरेका छन् ।
प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उनले भने, ‘यसो हेर्दा यो कागजको खोस्टाजस्तो त लागेन । कुनै पनि दस्तावेज आफैंमा पूर्ण हुँदैन । यसका लागि छलफलको आवश्यकता पर्छ । सुझाव सल्लाह पनि चाहिन्छ । यो नीति तथा कार्यक्रम पोजेटिभ छ । देशको समस्यालाई समाधान गर्नसक्छ ।’
त्यस्तै हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो नीति तथा कार्यक्रमले गन्तव्यहीन भएको भन्दै पुनर्लेखनको सुझाव दिइरहेका बेलामा अध्यक्ष नेपालले अहिलेको समस्यालाई समाधान गर्न सक्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























