देश/प्रदेश
पपुलिस्ट र छोएरै उपचार गर्छु भन्दै भिड जम्मा गर्ने सिमान्त गुरूमा के अन्तर छः पोखरेल
०

काठमाडौं, जेठ ८-
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘पपुलिस्ट’ कुरा गरेर राजनीति गर्ने र छोएर रोग निको पार्ने दाबी गर्ने सिमान्त गुरू एकै भएको टिप्पणी गरेका छन्।
एमालेले संसदमा छलफल भइरहेको नीति तथा कार्यक्रमलाई गतिविहीन दस्तावेज बताउँदै खारेज या पुनःलेखन गर्न भनेको छ। यसमा रास्वपालगायत विपक्षी दलको खासै समर्थन नपाएपछि महासचिव पोखरेलले कटाक्ष गरेका हुन्। उनले उद्देश्यविहीन पपुलिस्ट कुरा गर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सिमान्त गुरूमा के अन्तर भयो र ? भन्दै टिप्पणी गरेका हुन्।
उनले पुरानो होइन नयाँ भनेर नीतिविहीन, उद्देश्यविहीन पपुलिस्ट राजनीति गर्नेहरूले ठीक र बेठीक छुट्टयाउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख बनाएको समेत आरोप लगाएका छन्।
‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























