राजनीति
मुसा र कुकुरले टोक्दा टेकु अस्पताल आउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ: स्वास्थ्य मन्त्री डा.कार्की

काठमाडौं, माघ १०-
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दिँदै आएका सेवाको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन्। आज (मंगलवार) शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले सरुवा रोगसम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताइन। उनले हरेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा नै सरुवा रोग सम्बन्धी अस्पतालहरूको सेवा विस्तार हुन आवश्यक रहेको बताइन्।
‘अब मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। अब गाउँगाउँमा, पालिका, पालिकामा, नगरपालिका, जिल्ला, प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग सम्बन्धी अस्पतालहरू हुन जरुरी छ’‚ उनले भनिन्।
उनले आउन सक्ने विभिन्न खाले प्रकोपलाई धान्नसक्ने अस्पतालहरू पालिकास्तरमा बनाउनुपर्नेमा जोड दिइन्।



























