राजनीति

माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेसपाबीचको एकता वार्ता सकारात्मक

Banner

काठमाडौं,माघ १०-

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको छ। दुवै पार्टीबीच एकताको लागि कार्यदल बनाएर छलफल भइरहेको छ।  आज पनि दुई पार्टी एकता कायदलका बीचमा बैठक बस्ने माओवादीका उपमहासचिव तथा वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले बताए। दिउँसो २ बजे बैठक बस्ने तय भएको उनको भनाइ छ।

उनले भने, ‘एकता लागि हामीहरुले गरेको वार्ता सकारात्मक रुपमा नै अघि बढेको छ। आज थप छलफल हुन्छ। यसअघि शनिवार पनि नेसपाका नेताहरुसँग छलफल भएको थियो।’

माओवादीकै पूर्व नेता समेत रहेका डा। बाबुराम भट्टराई २०७२ असोज ९ मा तत्कालीन एकीकृत नेकपा माओवादी त्यागेर नयाँ शक्ति गठन गरेका थिए।

त्यसपछि जसपा, नेसपा हुँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा मिसिन तयार भएको हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>