भिडियो

साइँलीका गायक हेमन्त रानाको आवाजमा ‘टिकी’ सार्वजनिक

Banner

चितवन, पुस ९–

गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी ’ सार्वजनिक गरिएको छ ।

जीएच इन्टरटेन्मेन्टको अफिसियल यु–ट्युब च्यानल मार्फत् उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा संगीत सुशान्त गौतमको रहेको छ ।

सुलभ पहारीको निर्देशनमा बनेको भिडियोमा हरि हुमागाईँको छायाङ्कन रहेको छ भने भिडियोलाई सम्पादन निमेश श्रेष्ठले गरेका हुन् । भिडियोमा रेश्मा घिमिरे र मनोज आरसीको अभिनय रहेको छ ।

गायक हेमन्तका थुप्रै गीतहरू चर्चामा छन् । ‘लैजा रे, सुन साइँली, तिमी छौँ र पो, दुबो फुल्यो’ लगायतका गीतहरू सुपरहिट छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>