नवलपुर
निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छौंः रवि लामिछाने
०

नवलपुर,कात्तिक ३०-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मूल समस्या रहेको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पूर्वी नवलपरासीको कावासोतीमा आयोजित चुनावीसभामा लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।
“एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ”, लामिछानेले भन्नुभयो, “अहिलेको चुनावले तपाईंको सन्तानको भविष्य कोर्नेछ ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























