राजनीति

चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रश्ताव

०
Banner

काठमाडौं,मंसिर २ –

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका पाँच क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा यस्तो प्रश्ताव गरिएको हो । भेटमा नेपाली पक्षले सुरक्षित सीमापार सडक तथा भन्सार प्रणाली, मौसम पूर्वानुमान र विपद् पूर्वसूचना, जलविद्युत् तथा हरित उद्योग, चेङ्दुबाट नेपालका प्रमुख शहरमा थप हवाई उडान र कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिमा सहकार्यको प्रश्ताव राखेको थियो । त्यस्तै, नेपालका जडीबुटी, चिया, फलफूल र हस्तकलाको चिनियाँ बजारमा पहुँच विस्तार गर्न प्रशोधन, भण्डारण र गुणस्तर सुधारमा सहयोग गर्न पनि आग्रह गरिएको थियो ।

भेटमा सिचुवानका सचिव वाङले नेपाल र चीनबीचको उच्च गुणस्तरीय बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउन तथा दुवै पक्षबीचको राजनीतिक र सरकारी सम्बन्ध थप सुदृढ बनाउन प्रतिवद्धता जनाउनु भयो । उहाँले दुई देशबीचका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने बताउनु भयो । महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको पूर्वाधार तथा आर्थिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपाली प्रतिनिधिमण्डलले गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरो र भोटेकोशी विपद्का बेला चीनले गरेको सहयोग तथा ऐक्यवद्धताको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएको थियो ।

भेटमा रास्वपाले एक चीन सिद्धान्तप्रतिको नेपालको प्रतिवद्धता दोहो¥याउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो । साथै राजनीतिक स्थिरता र स्पष्ट कार्यान्वयन योजनामार्फत नेपाल–चीन सहकार्यलाई व्यावहारिक नतिजामा पु¥याउनुपर्नेमा जोड दिएको थियो । नेपाली प्रतिनिधिमण्डलले सहकार्यका प्रश्तावलाई समयवद्ध कार्ययोजनामा रूपान्तरण गर्न आग्रह गर्दै सिचुवानका सचिव वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको छ । भेटमा सिचुवानका अन्य प्रान्तीय नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको पनि सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>