चितवन विशेष

मित्र मिलन समाज नारायणगढको ५औँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

०
Banner

भरतपुर, मंसिर २-

मित्र मिलन समाज नारायणगढको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन एवं शुभ जन्मोत्सव तथा बधाई कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

निवर्तमान अध्यक्ष गणेश कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गौरेश्वर पशुपती मन्दिरका प्रमुख संरक्षक तथा मित्र मिलनका अभिभावक सूर्यकुमार प्रकाण्ड पिया प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष बलराम जोशी पनि सहभागी थिए ।

कार्यक्रममा प्रगति प्रतिवेदन निवर्तमान सचिव जयराम श्रेष्ठ र आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष श्याम कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । मित्र मिलन समाजले भोटेकोशी बाढी प्रभावितहरुको उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको थियो ।

विपन्न बालबालिकाहरुलाई खाद्यान्न तथा स्टेशनरी सामाग्री सहयोग गरेको समाजले नारायणगढस्थित शनि संकटा मन्दिर पनि स्थापना गरेको छ । कार्यक्रममा गत कात्तिक २ गतेदेखि मंसिर २ गतेसम्म जन्मदिन परेका श्याम कुमार श्रेष्ठ, सूर्य कुमार श्रेष्ठ, ज्ञानकुमार चुके, बलराम जोशी र भोजराज पोख्रेललाई जन्मदिनको शुभकामना व्यक्त गरिएको थियो । समाजले विभिन्न समयमा आयोजना गरेको कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने सदस्यहरुलाई सम्मान गरिएको थियो भने संस्थाको विधान पारित गरिएको छ ।

मित्र मिलन समाज नारायणगढको दोस्रो अधिवेशनबाट बुद्धिकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षमा जयराम श्रेष्ठ, सचिवमा श्यामकुमार श्रेष्ठ, कोषाध्यक्षमा गंगा पौडेल निर्वाचित भए भने कार्यसमिति सदस्यहरुमा ज्ञानकुमार चुके, चामुनारायण श्रेष्ठ, मिलन योन्जन, भोजराज पोख्रेल, सूर्यकुमार श्रेष्ठ, अर्जुन कुमार श्रेष्ठ र सुरेन्द्रजंग श्रेष्ठ निर्वाचित भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>